चार्ल्स विश्वविद्यालयमा अन्धाधुन्ध गोली प्रहारः १४ विद्यार्थीको मृत्यु

चार्ल्स विश्वविद्यालयमा अन्धाधुन्ध गोली प्रहारः १४ विद्यार्थीको मृत्यु

काठमाडौं । चेक रिपब्लिकमा एक बन्दुकधारीले विश्वविद्यालय परिसरमा अन्धाधुन्ध गोली चलाउँदा १४ विद्यार्थीको मृत्यु भएको छ । २५ भन्दा बढी घाइते भएका छन् ।

बन्दुकधारी चार्ल्स विश्वविद्यालयका २४ वर्षीय विद्यार्थी रहेको पुष्टि भएको छ । उनी मृत भेटिएका छन् । उनको मृत्यु आत्महत्या वा प्रहरी कार्वाहीमा भयो भन्‍ने स्पष्ट भएको छैन । बन्दुकधारीको पहिचान पनि खुलाइएको छैन ।

यसअघिका केही हत्याकाण्डमा समेत उनको संलग्नता भएको हुनसक्ने प्रहरीले आशंका गरेको छ । घटनाका बेला विश्वविद्यालय परिसरमा भागदौड मच्चिएको थियो ।

राष्ट्रपति पेत्र पाभेलले घटना चेकको इतिहासमै सर्वाधिक त्रासदीपूर्ण भएको बताउनु भएको छ । मृतकहरुप्रति सम्मान व्यक्त गर्न भोलि शोकसभा गरिने भएको छ ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com