
काठमाडौं । नेपाली काँग्रेसकी सांसद ईश्वरी न्यौपानेले प्रतिनिधि सभा सभामुखका पदको लागि उम्मेदवारी दिनुभएको छ । आज बुधवार नयाँ बानेश्वारस्थित संसद भवनमा पुगेर उहाँले सभामुख पदका लागि उम्मेदवारी दर्ता गराउनुभएको हो ।
उनको प्रश्तावकमा काँग्रेस महामन्त्री विश्वप्रकाश शर्मा हुनुहुन्छ भने समर्थकमा नकेपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वाला रहनुभएको छ ।
उहाँलाई माधव नेपाल नेतृत्वको नकेपा ९एकीकृत समाजवादी०, उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी, नेपालको समर्थन छ ।