ईश्वरी न्यौपाने वर्तमान संसद सम्हाल्नसक्ने सभामुख हुनुहुन्छः महामन्त्री शर्मा

ईश्वरी न्यौपाने वर्तमान संसद सम्हाल्नसक्ने सभामुख हुनुहुन्छः महामन्त्री शर्मा

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले विश्वप्रकाश शर्मा नेपाली काँग्रेसबाट सभामुख पदको उम्मेदवार बन्नुभएकी सांसद ईश्वरी न्यौपाने वर्तमान संसदको सभामुखका लागि योग्य व्यक्ति भएको बताउनुभएको छ ।

बुधवार काँग्रेसबाट प्रतिनिधि सभा सभामुखको उम्मेदवारीका लागि प्रश्तावकको रुपमा संसद भवन पुग्नुभएका महामन्त्री शर्माले अहिलेको संसदका लागि उम्मेदवार न्यौपाने सबै किसिमबाट योग्य व्यक्ति भएको दाबी गर्नुभएको हो ।

उहाँले नेपाली काँग्रेसले कुनै बेला अन्य दलका उम्मेदवारहरुलाई पनि सभामुखका लागि मतदान गरेको उल्लेख गर्दै यस पटक काँग्रेसबाट उम्मेदवार बन्नुभएकी न्यौपानेलाई अन्य दलहरुले सभामुखमा जिताउनुपर्ने बताउनु भयो ।

उहाँले सभामुखकी उम्मेदवार न्यौपानेमा सालिनता र सक्षमता दुवै भएकाले सभामुखमा जिताउँदा देशले पुनः एकपटक महिला सभामुखका साथै सुसुचित, सक्षम अनुभवी सभामुख प्राप्त गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपाली काँग्रेस पार्टीले कुनैबेला कुनै उम्मेदवारको पक्षमा मत दिएको थियो भन्दै गर्दा हाम्रो उम्मेदवारको पक्षमा मत दिनका लागि पनि मार्ग प्रशस्त गर्न पनि उम्मेदवारी भएको हुनसक्छ । हामी प्रमुख प्रतिपक्षी दल हौँ । प्रमुख प्रतिपक्षी दल भएको नाताले सरकारसँग सम्बन्ध गुण र दोषको आधारमा हुन्छ । तर संसदलाई हामी सरकार सत्तारुढ पक्षको र संसद प्रतिपक्षको भन्ने मान्यता सावित छ । नेपाली काँग्रेसको तर्फबाट मात्रै नभएर सरकार भन्दा बाहिर रहेका दलहरुको तर्फबाट उम्मेदवारको रुपमा ईश्वरी न्यौपाने प्रश्तुत हुनुहुन्छ । उहाँको सालिनता र सक्षमता त्यो दुई कुराले सभामुखको रुपमा ईश्वरी न्यौपाने योग्य व्यक्ति हो । सांसदहरुले विवेकपूर्ण रुपमा मतदान गर्दै गर्दा नेपालको संसदले पुनः महिला सभामुख पाउनेछ । सुसुचित, सक्षम अनुभवी सभामुख प्राप्त गर्नेछ । अहिलेको संसदको अवस्थालाई पनि र समाजको मनोविज्ञानलाई पनि राम्रो ढंगले सम्बोन गर्नसक्ने व्यक्तित्व हुनुहुन्छ ।’

महामन्त्री शर्माले मन्त्रालयको कुनैपनि भागबण्डामा काँग्रेस सहभागी नबन्ने स्पष्ट पार्नुभयो । उहाँले काँग्रेस प्रमुख प्रतिपक्षी भएर जिम्मेवार रुपमा अघि बढ्ने बताउनु भयो ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com