स्वार्थ बाझिने गरी सेयर किन्न दिइन्न : गभर्नर

स्वार्थ बाझिने गरी सेयर किन्न दिइन्न : गभर्नर

काठमाडौँ। गभर्नर महाप्रसाद अधिकारीले नेपाल राष्ट्र बैंक, बैंकर र व्यवसायी छुट्याउने नीतिअनुसार नै अघि बढ्ने बताएका छन् । बुधबार संसदको अर्थ समितिमा हिमालयन बैंकमा रहेको पाकिस्तानको हबिब बैंकको सेयर हिमालयन रि–इन्स्योरेन्सले किन्न खोजेको विषयमा सांसद डा. स्वर्णिम वाग्लेले राखेको प्रश्नमा उनले यस्तो बताएका हुन् ।

हिमालयन रि–इन्स्योरेन्सले बैंकको सेयर किन्ने सम्झौता भएर पूर्वस्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पठाइएको बैंकले जनाएको छ । तर यस विषयमा आधिकारिक जानकारी नआएको गभर्नर अधिकारीले बताए ।

‘तर हामीले बैंकर र व्यवसायी छुट्याउने दिशामा नै जानुपर्ने हुनाले स्वार्थ बाझिने देखियो भने किन्न दिइने छैन,’ उनले भने ।यसअघि बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन संशोधनका क्रममा नै बैंकर र व्यवसायी छुट्याउने प्रयास भएको तर नसकिएको उनले बताए ।

पाकिस्तानको हबिब बैंकले हिमालयन बैंकमा रहेको २ करोड ८० लाख १२ हजार ४४७ कित्ता सेयर हिमालयन रि-इन्स्योरेन्सलाई बिक्री गर्ने सम्झौता भएको छ ।

हिमालयन रि-इन्स्योरेन्सले बैंकको संस्थापक सेयर प्रतिकित्ता १३० रुपैयाँमा खरिद गर्न लागेको हो । राष्ट्र बैंकले स्वीकृति दिएमा हिमालयन रि-इन्स्योरेन्स कम्पनीले बैंकमा रहेको हबिब बैंकको सेयर खरिद गर्ने प्रक्रिया अगाडि बढ्नेछ ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com