राष्ट्रपतिमा बिदेशीको सिफारिस चल्नु लज्जास्पदः भीम रावल

राष्ट्रपतिमा बिदेशीको सिफारिस चल्नु लज्जास्पदः भीम रावल

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले देशको राष्ट्रपतिको नाम बिदेशीहरुले सिफारिस गरेको देख्दा लज्जा भएको बताएको छन् । बिहिवार सामाजिक सञ्जालमार्त रावलले देश र जनताका लागि छलफल गरेको भए जनतालाई राहात हुन्थ्यो तर त्यो नगरेको पनि बताएका छन ।

‘पदका लागि शीर्ष नेताहरूले जति छलफल गरेका छन् त्यसको आधा समय देश र जनताका समस्या समाधान गर्न छलफल गरेको भए जनता र देशलाई राहत हुन्थ्यो कि ?’ रावलले भनेको छन्, ‘नेताहरूले राष्ट्रिय राजनीतिलाई यस्तो तहमा झारिसके अब विदेशीले राष्ट्रपतिको नाम सिफारिस गर्नथाले । लज्जास्पद र निन्दनीय ।’

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक:शर्मिला घिमिरे | सम्पादकः मधुसूदन बजगाईं | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com