
काठमाडौं । सुदूरपश्चिम प्रदेशसभामा आगामी माघ २ गते सभामुखको निर्वाचन हुने भएको छ ।
आज बसेको सर्वदलीय बैठकले आगामी माघ २ गते सभामुखको निर्वाचन गर्ने सहमति गरेको सचिव देवबहादुर बोगटीले जानकारी दिनुभयो ।
सुदूरपश्चिम प्रदेशको भोलिबाट प्रदेश सभा बैठक सुरु हुँदै छ । प्रदेश सभा बैठक सुरु हुनु भन्दा अघिल्लो दिन सर्वदलीय बैठक बसेको हो । आजको बैठकले अध्यक्ष मण्डल तयार गर्ने निर्णय समेत गरेको नेताहरूले बताएका छन् ।