संघीयताविरुद्ध देशव्यापी अभियान चलाउने जनमोर्चाको निर्णय

संघीयताविरुद्ध देशव्यापी अभियान चलाउने जनमोर्चाको निर्णय

काठमाडौँ । राष्ट्रिय जनमोर्चा पार्टीले संघीयताविरुद्ध देशव्यापी अभियान चलाउने निर्णय गरेको छ । बुटवलमा सम्पन्न फागुन २७ र २८ बसेको राष्ट्रिय परिषद्को प्रथम बैठकले सङ्घीयताका विरुद्ध देशव्यापी अभियान चलाउने निर्णय गरेको हो ।

बैठकपछि पार्टीका अध्यक्ष चित्रबहादुर केसीले विज्ञप्ति जारी गर्दै चैत १० गतेदेखि १५ गतेसम्म देशव्यापी अभियान चलाउने निर्णय भएको जानकारी दिएका हुन् ।

‘बैठकले सङ्घीयताकाविरुद्ध यही चैत्र १० देखि १५ गतेसम्म देशव्यापी अभियान चलाउने निर्णय गरेको छ । उक्त अभियान अन्तर्गत सभा, कोणसभाहरू गरिने छ । चैत्र २४ गते जनआन्दोलन दिवसको उपलक्षमा देशव्यापी रूपमा ‘गणतन्त्रको रक्षा गरौँ, प्रतिगमनका विरुद्ध सङ्घर्ष गरौँ’ भन्ने मूल नारा अन्तर्गत सभाका कार्यक्रमहरू गरिने छ,’ जारी विज्ञप्तिमा भनिएको छ ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com