जापान एयरलाइन्सको विमानमा आगलागी

जापान एयरलाइन्सको विमानमा आगलागी

काठमाडौं । जापानको हानेदा विमानस्थलको धावनमार्गमा अवतरण गर्ने क्रममा अर्को विमानसँग ठोक्किएपछि मंगलबार जापान एयरलाइन्सको विमानमा भीषण आगलागी भएको छ । अहिले यो दुर्घटनाको दृश्य बाहिर आएको छ ।

जापानको सरकारी प्रसारक एनएचकेले अधिकारीहरूलाई उद्धृत गर्दै हानेदा एयरपोर्टमा पार्किङ गरिएको अर्को विमानसँग ठोक्किएर दुर्घटना भएको हुन सक्ने जनाएको छ । जापान एयरलाइन्सको विमानमा धेरै यात्रु चढेको खबर पनि छ । तर, यसबारेमा अहिलेसम्म स्पष्ट जानकारी आएको छैन । तर दुर्घटनाका तस्बिर र भिडियोमा विमानमा आगो निस्केको देखिन्छ । झ्यालबाट आगो र धुवाँ उठिरहेको देखिन्छ ।

-बीबीसी

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com