जसपा केन्द्रिय कार्यकारिणी समितिको बैठक शुरु

जसपा केन्द्रिय कार्यकारिणी समितिको बैठक शुरु
Published on
Updated on

काठमाडौं । जनता समाजवादी पार्टी नेपालको केन्द्रिय कार्यकारिणी समितिको बैठक शुरु भएको छ ।

शनिवार बालकुमारीस्थित पार्टी कार्यालयमा बैठक शुरु भएको हो ।

बैठकमा गत प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको समीक्षा, सरकारमा सहभागिता, राजनीतिक समिति बैठकको एजेण्डालगायतको विषयमा छलफल हुनेछ । साथै मधेस प्रदेशमा संसदीय दलको नेताका लागि पनि छलफल गर्ने तयारी छ ।

संघीय सरकारलाई समर्थन गरेपनि पार्टी सरकारमा सहभागी भएको छैन । तर आजको बैठकमा सरकारमा सहभागी हुने वा नहुने भन्ने विषयमा पनि छलफल हुने बताइएको छ ।

पुस १८ र १९ गतेका लागि जसपा नेपालले राजनीतिक समितिको बैठक बोलाएको छ ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com