चितवन–२ जीतनारायण, तनहुँ–१ मा गोविन्दलाई उम्मेदवार

चितवन–२ जीतनारायण, तनहुँ–१ मा गोविन्दलाई उम्मेदवार
Published on
Updated on

काठमाडौं । नेपाली कांग्रेसले तनहु १ र चितवन २ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार टुंगो लगाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी कांग्रेस केन्द्रीय सम्पादन समितिको बैठकले तनहु १ र चितवन २ मा प्रतिनिधि सभा उम्मेदवार टुंगो लगाएको हो ।

कांग्रेसले तनहुँ १ मा गोविन्द भट्टराई र चितवन २ मा जीत नारायण श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । बारा २ मा भने कांग्रेसले उम्मेदवार तय गरेको छैन । सो क्षेत्रमा जसपालाई सघाउने कांग्रेसको तयारी छ ।

भट्टराई नेपाली कांग्रेसको केन्द्रीय सदस्य तथा नेविसंघका पूर्व केन्द्रीय अध्यक्ष हुन । श्रेष्ठ चितवन कांग्रेसका निवर्तमान पार्टी सभापति हुन ।

तनहुँ १ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति र बारा २ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । यस्तै रास्वपाका रवि लामिछाने नागरिकता विवादमा दोषी ठहर भएपछि चितवन २ मा पनि उपनिर्वाचन हुन लागेको हो ।

उपनिर्वाचनका लागि चैत २० मा मनोनयन दर्ता गर्ने कार्यक्रम छ ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com