
काठमाडौं। एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले राष्ट्रिय स्वतन्त्र पार्टीलाई बुर्जुवा उदारवादी शक्तिका रुपमा व्याख्या गरेका छन्।
आज सोमबार पार्टीको पोलिटब्युरो बैठकमा देशको परिवर्तित स्थिति र हाम्रो दृष्टिकोण शीर्षकमा आफ्नो प्रस्ताव पेश गर्दै खनालले उक्त कुरा बताएका हुन्।
८ पृष्ठको खनालको प्रस्तावको पहिलो पृष्ठमै रस्वपाबारे उल्लेख गरिएको छ। उक्त पार्टी रहस्यम शक्तिका रुपमा उदाएको र गृह मन्त्रालय खान थालिसकेको खनालले उल्लेख गरे। खनालले कांग्रेस, रस्वपा र सीके राउतको जनमत पार्टीलाई बुर्जुवा उदारवादी शक्तिका रुपमा उल्लेख गरेका छन्।