इजरायल युद्धमा ज्यान गुमाउने पत्रकारमात्रै ११ पुगे

इजरायल युद्धमा ज्यान गुमाउने पत्रकारमात्रै ११ पुगे

इजरायली मिसाइल आक्रमणमा रोयटर्सका पत्रकारको मृत्यु भएको छ । इजरायलबाट हानिएको मिसाइल आक्रमणमा दक्षिणी लेबनानमा कार्यरत रोयटर्सका भिडियो पत्रकार इसाम अब्दुल्लाहको मृत्यु भएको रोयटर्सले जनाएको छ ।

इजरायल–लेबनान सीमामा रिपोर्टिङमा खटिएका अब्दुल्लाहको मिसाइल आक्रमणमा ज्यान गएको हो । कमिटी टु प्रोटेक्ट जर्नालिस्ट्स (सीपीजे) का अनुसार युद्धमा परी ११ जना पत्रकारको मृत्यु भैसकेको छ । मारिनेमा ९ प्यालेस्टिनी, एक लेबनानी र एक इजरायली पत्रकार रहेका छन् । आक्रमणमा प्यालेस्टिनी पत्रकार सइद अल तवील र मोहम्मद सोब पनि मारिएका जनाएको छ ।

उनीहरु दुबैजना प्रत्यक्ष प्रसारण गरिरहेका क्रममा मारिएका हुन् ।रोयर्टर्सका अनुसार अल जजिरा र एएफपीका पत्रकार सहित ६ जना पत्रकार घाइते भएका छन् । इजरायली सेना र हिजबुल्लाहबीच सीमामा लडाइँका क्रममा पत्रकारहरू आक्रमणमा परेका हुन् । इजरायली हवाई आक्रमणमा प्यालेस्टाइनबाट सञ्चालित अल खाम्सा न्युजका प्रधान सम्पादक सइद अल तवीलसमेत मारिएका छन् ।

त्यस्तै अर्का प्यालेस्टिनी पत्रकार मोहम्मद सोभसमेत मारिएको सीपीजेले जनाएको छ । यस्तै इजरायली फोटोपत्रकार रोई इदान बेपत्ता रहेको पनि न्युयोर्क टाइम्सले जनाएको छ । टाइम्स अफ इजरायलका अनुसार उनी र उनकी छोरीलाई हमासले बन्धक बनाएको आशंका गरिएको छ ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com