कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले पाए विश्वासको मत

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले पाए विश्वासको मत

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत प्राप्त गर्नुभएको छ ।

शर्माको पक्षमा नेकपा एमालेका ९, माओवादी केन्द्रका १३, राष्ट्रिय प्रजातन्त्र पार्टीका एक, नेकपा एकीकृत समाजवादी एक र एक स्वतन्त्रसहित २५ जना सांसदले मतदान गर्नु भएको छ । उहाँको विपक्षमा १४ मत परेको छ ।

माओवादी केन्द्रका पोलिटब्युरो सदस्य राजकुमार शर्मालाई प्रदेश प्रमुख तिलक परियारले २७ पुसमा मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो । कर्णालीको मुख्यमन्त्री पद एमाले र कांग्रेसले आधारआधा समय बाँड्ने सहमति भएको छ ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com