कर्णाली मन्त्रिपरिषद्को निर्णय : भूकम्प पीडितको राहत र उद्धार तिव्र बनाउने

कर्णाली मन्त्रिपरिषद्को निर्णय : भूकम्प पीडितको राहत र उद्धार तिव्र बनाउने

काठमाडौँ । कर्णाली प्रदेश सरकारको आज बिहान आकस्मिक बसेको मन्त्रिपरिषद्को बैठकले भूकम्प प्रभावित क्षेत्रमा उद्धार कार्य तीव्र बनाउने निर्णय गरेको छ । घाइतेको उद्धार र प्रभावितलाई राहतका लागि सबै निकायसँग सहकार्य गर्दै सहयोगका लागि आह्वान गर्ने बैठकले निर्णय गरेको हो ।

कर्णाली प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीले बैठकले प्रदेश सरकारसँग उपलब्ध भएको राहत सामग्री तत्काल प्रभावित क्षेत्रमा पठाउने र नपुगेको सामग्री खरिद गर्ने निर्णय भएको जानकारी दिए । प्रदेशमा उपलब्ध स्रोत साधन र संयन्त्र प्रभावितको उद्धारका लागि परिचालन गर्ने निर्णय समेत बैठकले गरेको छ ।

उनका अनुसार प्रदेश सरकारले नेपाली सेनासँग समन्वय गरी सुर्खेत एयरवेजमा रहेको हेलिकप्टरमार्फत चिकित्सक पठाउने र बिरामी ल्याउने काम पनि गरिरहेको छ ।

काठमाडौँबाट रुकुम पश्चिमका घाइते र प्रभावितको उद्धारका लागि नेपाल एअरलायन्सको जहाज र स्क्याइ ट्रक थप स्वास्थ्यकर्मी सहित सल्ले विमानस्थल मुसिकोट पठाइएको छ ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com