कर्णाली एमालेः अध्यक्षका दुइ दाबेदारले उम्मेदवारी फिर्ता लिए

कर्णाली एमालेः अध्यक्षका दुइ दाबेदारले उम्मेदवारी फिर्ता लिए
Published on
Updated on

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेशका अध्यक्षका उम्मेदवार मध्ये दुइले उम्मेदवारी फिर्ता लिएका छन् । अध्यक्षका पाँच उम्मेदवार मध्ये राजबहादुर शाही र प्रेमबहादुर सिंहले उम्मेदवारी फिर्ता लिएका हुन । 

निर्वाचन समितिका अनुसार कर्णाली प्रदेशको भावी अध्यक्षका लागि पाँच जनाको उम्मेदवारी दर्ता गराएका थिए । जसअनुसार अध्यक्षका लागि गुलावजंग शाह, मीन बहादुर शाही, राजबहादुर शाही, प्रेमबहादुर सिंह र प्रकाश रोकायाले उम्मेदवारी दर्ता गराएका थिए ।

आज हुने निर्वाचनले एमाले कर्णाली अधिवेशनले पाँचजना पदाधिकारी सहित १३५ सदस्यीय कमिटी निर्वाचित गर्ने निर्वाचन अधिकृत मातृका खनालले जानकारी दिए ।  कर्णालीका १० जिल्लाका ६०४ प्रतिनिधिहरूले मतदान गरेर नयाँ नेतृत्व चयन गर्नेछन् ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com