कांग्रेस कार्यवाहक सभापतिको जिम्मा खड्कालाई

कांग्रेस कार्यवाहक सभापतिको जिम्मा खड्कालाई

काठमाडौँ । नेपाली कांग्रेसले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई दिइएको छ । सभापति शेरबहादुर देउवा उपचारका लागि सिंगापुर गएपछि उपसभापति खड्काले कार्यवाहकको जिम्मेवारी पाएका हुन् ।

कांग्रेसका विधान २०१७ संशोधनसहितको धारा २५ को उपधारा १३ अनुसार देउवा स्वदेश फिर्ता नभएसम्मका लागि खड्कालाई कार्यवाहक तोकिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए ।

सभापति देउवा मंगलवार सिंगापुर प्रस्थान गरेका हुन् । उनी करिब एक सातापछि नेपाल फर्किने उनको सचिवालयले जनाएको छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com