अहिलेको संसदलाई निष्पक्ष रुपमा सञ्चालन गर्नसक्ने खुबी घिमिरेमा छः नेम्वाङ

अहिलेको संसदलाई निष्पक्ष रुपमा सञ्चालन गर्नसक्ने खुबी घिमिरेमा छः नेम्वाङ

नेकपा एमालेका सांसद सुवासचन्द्र नेम्वाङले अहिलेको संसदलाई निष्पक्ष रुपमा सञ्चालन गर्नसक्ने खुबी सांसद देवराज घिमिरेमा रहेको भन्दै सभामुखमा विजयी गराउन आग्रह गर्नुभएको छ । 

बिहीवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले अहिलेको संसदलाई निष्पक्ष रुपमा सञ्चालन गर्नसक्ने काम सभामुख उम्मेदवार घिमिरेले मात्रै सक्ने बताउनुभएको हो ।

उहाँले सरकारलाई जनताप्रति व्यक्तिगत र सामुहिक रुपमा उत्तरदायी बनाउनुपर्ने जिम्मेवारी पूरा गर्नेमा आफू विश्वस्त रहेको बताउनु भयो ।

उहाँले सिंगो प्रतिनिधि सभालाई एकतावद्ध बनाएर, सांसदहरुको विश्वास जितेर सबैलाई एकजुट बनाएर अघि बढ्नको लागि निष्पक्ष सदनको भुमिकामा घिमिरे उपयुक्त पात्र रहनुभएको बताउनु भयो ।

उहाँले घिमिरेले नेपाली राजनीतिमा पु¥याउनुभएको योगदानको कदर गर्दै आफूले सभामुखमा प्रश्ताव गरेको बताउनु भयो । 

सांसद नेम्वाङले सभामुख उम्मेदवार घिमिरे सदनको बारेमा पनि विज्ञ भएकाले उहाँले  प्रतिनिधि सभामा रहेका सम्पूर्ण राजनीतिक दलहरुको विश्वासलाई समेट्नेमा पूर्ण विश्वास रहेको बताउनु भयो । 

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com