कोइरी फरार अभियुक्त हो, बिरामी भनेर भद्धा मजाक नगरियोस् : रवि लामिछाने

कोइरी फरार अभियुक्त हो, बिरामी भनेर भद्धा मजाक नगरियोस् : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेले नेकपा एमालेका फरार सांसद लक्ष्मी महतो कोइरी भागेका फरार अभियुक्त रहेको टिप्पणी गरेका छन् ।

विगतमा आफू गृहमन्त्री हुँदा समेत प्रश्न उठेको उल्लेख गर्दै संसद बैठकमा लामिछानेले फरार अभियुक्तलाई बिरामी भन्न नसकिने बताए । ‘उहाँ बिरामी परेको होइन । फरार अभियुक्त हो । भाग्नुभएको अभियुक्त हो,’लामिछानेले भने, ‘सालोले भारतमा रहेको जानकारी म गृहमन्त्री हुँदा दिएका थिए ।’

‘उनको तस्बिर छ, सुरक्षा निकायलाई उपलब्ध गराउन सक्छु । फरार अभियुक्तलाई बिरामी भएको भनेर करार गर्ने हो भने लोकतन्त्रका लागि यो भन्दा ठूलो मजाक केही हुँदैन । यो हास्यास्पद शृङ्खला बन्द गर्नुपर्दछ’, लामिछानेले भने, ‘राजनीतिका नाममा लाजनीति संसदमा नचलोस् । बिरामीको संज्ञा दिएर भद्धा मजाक नगरियोस् ।’

सभामुख देवराज घिमिरेका अनुसार कोइरी निरन्तर २१ वटा बैठकमा अनुपस्थित छन् । स्वास्थोपचारमा रहको भनी कोइरीले संसद सचिवालयलाई जानकारी गराएका छन् । सोही अनुसार उनको अनुपस्थिति अनुमोदनका लागि प्रस्तुत भएपछि रास्वपा सभापति लामिछानेले विरोध गरेका हुन् ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com