राष्ट्रपतिमा एमालेले उम्मेदवारी दिन्छ : ओली

राष्ट्रपतिमा एमालेले उम्मेदवारी दिन्छ : ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिमा आफ्नो पार्टीले उम्मेदवारी दिने उल्लेख गर्दै त्यसैमा राष्ट्रिय सहमती हुनुपर्ने दाबी गर्नुभएको छ ।

अध्यक्ष ओलीले सत्तारुढ दलहरुबीच आफ्नो पार्टीबाट राष्ट्रपतिको उम्मेदवार उठाउने सहमति भएको समेत स्पष्ट पार्नुभयो ।

सभामुखमा देवराज घिमिरे निर्वाचित भएलगत्तै संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले आफ्नो पार्टीले उठाउने राष्ट्रपतिको उम्मेदवारबारे भनेपछि भन्ने प्रतिक्रिया दिनुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘एकदमै राष्ट्रिय सहमति हुनुपर्छ राष्ट्रपतिमा । नेकपा एमालेले उम्मेदवार उठाउँछ । हाम्रो सहमति त्यही हो । यसमा राष्ट्रिय सहमति हुनुपर्छ । एमालेको राष्ट्रपतिको उम्मेदवारबारे पछि भनौला ।’

ओलीले यस अघिको गठबन्धन सरकारले रामचन्द्र पौडेल नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्र बनाएर अभ्यास गरेकाले त्यसलाई निरन्तरता दिनेक्रममा आफू पनि संयन्त्रको संयोजक हुन पुगेको समेत बताउनु भयो ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com