आधा बाटोबाटै हराएका सुदूरपश्चिमका ३ प्रदेश सांसदमध्ये कुलवीर चौधरी सम्पर्कमा

आधा बाटोबाटै हराएका सुदूरपश्चिमका ३ प्रदेश सांसदमध्ये कुलवीर चौधरी सम्पर्कमा

माधव नेपालको नेकपा (एकीकृत समाजवादी) मा खुलेका एमाले सुदूरपश्चिम प्रदेशसभाका २ सांसद सम्पर्कविहीन भएका छन् । सनाखतका लागि निर्वाचन आयोगतर्फ जाँदैगर्दा आधा बाटोबाटै ३ जना सांसद सम्पर्कविहीन भएकोमा एक जना भने सम्पर्कमा आएका छन् ।

बाटोबाट तारालामा तामाङ, कुलवीर चौधरी र अर्चना गहतराज सम्पर्कविहीन भएकोमा कुलवीर चौधरी केही समयपछि सम्पर्कमा आएका हुन् । उनी निर्वाचन कार्यालय पुगिसकेका छन् ।

अन्य दुई सांसदको खोजी भइरहेको समाजवादीतिर लागेका भौतिक पूर्वाधार मन्त्री दीर्घ सोडारीले बताए ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com