दुर्घटना नदोहोरिने सुनिश्चिततासहित सरकारले काम गरोस्ः काँग्रेस प्रवक्ता महत

दुर्घटना नदोहोरिने सुनिश्चिततासहित सरकारले काम गरोस्ः काँग्रेस प्रवक्ता महत

काठमाडौं । नेपाली काँग्रेसका प्रवक्ता एवं सांसद डा। प्रकाशशरण महतले छानबिन समितिको निस्कर्षलाई आम सर्वसाधारणको पहुँचबाट टाढै राख्ने परिस्थितिको अन्त्य हुनुपर्ने बताउनुभएको छ ।

उहाँले आईतवार काठमाडौंबाट पोखराका लागि उडेको विमान दुर्घटना भएकोप्रति दुःख व्यक्त गर्दै यस्ता घटनाहरु पटकपटक दोहोरिरहेको भन्दै जाँचबुझका लागि गठन गरेको समितिले बुझाएको प्रतिवेदनको पूर्ण कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभएको हो ।

उहाँले समितिले बुझाएका प्रतिवेदनहरुको सही कार्यान्वयन हुन नसक्दा यस्ता घटनाहरुको पुनरावृत्ति भइरहेको बताउनु भयो ।

प्रवक्ता महतले अहिलेसम्म भएका विमान दुर्घटनाहरु किन भए भन्ने जाँचबुझ समितिले बुझाएको प्रतिवेदन सार्वजनिक गर्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले जाँचबुझ समितिले बुझाएको प्रतिवेदनका आधारमा दुर्घटना दोहोरिन नदिन यथेष्ठ उपाय खोज्नुपर्ने बताउनु भयो । उहाँले जाँचबुझ समितिले बुझाएको प्रतिवेदनको कार्यान्वयन गरेर अघि नबढ्ने हो भने अन्तर्राष्ट्रिय जगतमा नै नेपाल हवाई यातायातको क्षेत्रमा अत्यन्त जोखिमयुक्त देश बन्ने सन्देश प्रवाह हुने बताउनु भयो ।

प्रवक्ता महतले सरकारले दुर्घटनाको विषयलाई गम्भीरताका साथ लिएर नदोहोरिने सुनिश्चितता मुखले नभइ कामबाट नै गर्ने कुरामा सरकार र सम्बन्धित निकाय लाग्नुपर्ने बताउनु भयो ।

आईतवार काठमाडौंबाट पोखरा उडेको यती एयरलाइन्सको कल साइन नाइनएन एएनसी फ्लाइट नम्बर ६९१ एटीआर ७२ जहाज करिव ११ बजेको आसपासमा पोेखरा विमानस्थलबाट २ किलोमिटरको नजिककमा सेती नदीको खोचमा दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा परी जहाजमा सवार सबैको निधन भएको छ । अझै केही शव भने खोज्ने क्रम जारी छ ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com