
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको अर्थतन्त्र गम्भीर अवस्थामा रहेको बताउनुभएको छ ।
सोमवार प्रतिनिधि सभाको पहिलो बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देशमा राजश्व उपयुक्त ढंगले उठ्न नसकेको र धेरै वर्षपछि राजश्व असुली माइनसमा गएको बताउनु भयो ।
उहाँले अर्थतन्त्र ऋणात्मक हुनु गम्भीर विषय भएको बताउनु भयो । उहाँले वैदेशिक मुद्राको सञ्चिति डरलाग्दो अवस्थामा रहेको, आयात गर्ने स्थिति नरहेको र निर्यात गर्ने वस्तुको उत्पादन घट्नुको साथै उद्योगहरु बन्द भइरहेको बताउनु भयो ।
अध्यक्ष ओलीले अबका दिनमा अर्थतन्त्रको समस्या समाधानका लागि सकारात्मक समाधान खोज्नुपर्ने आवश्यक्ता रहेको बताउनु भयो ।