लुम्बिनीका मुख्यमन्त्री गिरीसहित २ मन्त्रीले लिए शपथ

लुम्बिनीका मुख्यमन्त्री गिरीसहित २ मन्त्रीले लिए शपथ

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले पद तथा गोपनियताको शपथ लिनुभएको छ ।

लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री गिरीलाई बिहीवार पद तथा गोपनियताको शपथ गराउनुभएको हो ।

मुख्यमन्त्री गिरीलाई प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम बुधवार मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।

मुख्यमन्त्री गिरीसँगै अन्य दुई जना मन्त्रीले पनि शपथग्रहण गर्नुभएको छ ।

एमालेबाट अर्घाखाँची १(१)बाट निर्वाचित चेतनारायण आचार्य र माओवादी केन्द्रबाट बाँकेको १ (१) बाट निर्वाचित कृष्णा केसीले मन्त्रीको शपथग्रहण गर्नुभएको छ । उहाँहरु दुवै जनालाई मन्त्रालयको जिम्मेवारी भने दिइएको छैन ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com