राष्ट्रिय सभा उपनिर्वाचनमा कांग्रेसबाट माधवप्रसाद आचार्यले उम्मेदवारी दिने

राष्ट्रिय सभा उपनिर्वाचनमा कांग्रेसबाट माधवप्रसाद आचार्यले उम्मेदवारी दिने

काठमाडौं । राष्ट्रियसभा सदस्यको रिक्त पदमा हुन लागेको उपनिर्वाचनमा नेपाली कांग्रेसबाट माधवप्रसाद आचार्यले उम्मेदवारी दिनुहुने भएको छ। कांग्रेसले आज बिहान बसेको बैठकबाट आगामी माघ २५ गते हुने उपनिर्वाचनका लागी रोल्पाका पूर्व सभापति समेत रहेका आचार्यको नाम टुंगो लगाएको हो ।

उहाँले आज प्रदेश निर्वाचन कार्यालय दाङमा पुगेर मनोनयन दर्ता गर्दै हुनुहुन्छ । आज दिउँसो १ देखि २ बजेभित्र मनोनयन दर्ता गर्ने तालिका छ । यता सत्तारूढ दलबाट एमालेका कुमार दसौदीले उम्मेदवारी दिदै हुनुहुन्छ ।

नेकपा एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित रुपन्देहीका खिमलाल भट्टराईले गत निर्वाचनमा राजीनामा दिएपछि रिक्त रहेको उक्त सिटमा उपनिर्वाचन हुन थालेको हो । उपनिर्वाचन माघ २५ गते घोराहीको कर्मचारी मिलन केन्द्रमा मतदान हुनेछ ।

राष्ट्रियसभा सदस्यका लागि प्रदेशसभा सदस्य र पालिकाका प्रमुख तथा उपप्रमुखले मतदान गर्नेछन् ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com