गठबन्धनबाट ममता र एमालेबाट अष्टलक्ष्मी उपराष्ट्रपतिको उम्मेदवार

गठबन्धनबाट ममता र एमालेबाट अष्टलक्ष्मी उपराष्ट्रपतिको उम्मेदवार

काठमाडौं । सत्तारुढ गठबन्धनले जसपालाई दिइएको वचन तोडेर जनमत पार्टीकी ममता झालाई उपराष्ट्रपति बनाउने निर्णय गरेको छ। बालुवाटारमा शनिबार बिहान बसेको १० दलीय गठबन्धनको बैठकले जनमतलाई उपराष्ट्रपति बनाउने निर्णय गरेको हो ।

बैठकले झालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको जनमत पार्टीका अध्यक्ष सीके राउतले जानकारी दिए । यसअघि फागुन २६ गते बसेको जनमत पार्टीको बैठकले झालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो । उनी गत स्थानीय तह चुनावमा राजविराज नगरपालिकाको मेयरमा उम्मेदवार बनेकी थिइन् ।

गठबन्धनको बैठकले गरेको निर्णयमा जनता समाजवादी पार्टी (जसपा)का नेताहरूले भने असहमति जनाएका छन् ।

त्यस्तै, नेकपा एमालेले अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ। आज बिहान बसेको एमाले केन्द्रीय सचिवालय बैठकले शाक्यलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

उपराष्ट्रपतिका लागि आज उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ । उपराष्ट्रपतिको निर्वाचन चैत ३ गते हुनेछ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक:शर्मिला घिमिरे | सम्पादकः मधुसूदन बजगाईं | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com