माओवादी केन्द्रले संसदीय दलको नेता चयन गर्दै

माओवादी केन्द्रले संसदीय दलको नेता चयन गर्दै
SHANKAR GIRI

काठमाडौं । नेकपा माओवादी केन्द्रको संसदीय बैठक आज दिउँसो ४ बजे बस्ने भएको छ ।

प्रतिनिधि सभामा निर्वाचित सांसदहरूको शपथ ग्रहणपछि माओवादीको बैठक बस्ने भएको हो । बैठकले संसदीय दलको नेता चयन गर्नेछ । दलको नेतामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चयन हुने निश्चित जस्तै देखिएको छ ।

माओवादीले संसदीय दलको नेता चयन गरेसँगै आज बेलुकाबाट नै सरकार गठनका लागि छलफल सुरु गर्ने तयारी छ । सरकार गठनका लागि यही पुस १० गते बेलुका ५ बजेसम्म प्रधानमन्त्रीको दाबी पेस गर्नुपर्नेछ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com