
काठमाडौं। प्रदेश नम्बर १ को सभामुखमा नेकपा माओवादीका बाबुराम गौतम निर्विरोध निर्वाचित भएक छन्। सत्ता गठबन्धनका तर्फबाट गौतमको एकल उम्मेदवारी परेको थियो। उनलाई प्रमुख प्रतिपक्षी दल कांग्रेसको पनि समर्थन रहेकाले कांग्रेसले उम्मेदवार खडा गरेको थिएन।
त्यसकारण गौतम निर्विरोध भए। बिहिबार बसेको प्रदेश सभा बैठकले गौतमलाई निर्विरोध सभामुख निर्वाचित भएको घोषणा गरेको हो। प्रदेश सभाको बैठकमा ज्येष्ठ सदस्य गयानन्द मण्डलले गौतमलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन्। गौतम ओखलढुंगाको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित भएका थिए। उनी माओवादी केन्द्रको केन्द्रीय सदस्य समेत हुन्।
प्रदेश १ को उपसभामुखको निर्वाचन भने पुस ३० गतेका लागि तोकिएको छ। एमाले र माओवादीबीच प्रदेश १ मा पदहरु भागवण्डा गर्दा मुख्यमन्त्री र उपसभामुख एमाले र सभामुख माओवादी केन्द्रको भागमा राख्ने सहमति भएको थियो। उपसभामुखको निर्वाचनका लागि भने आज मनोनयन हुनेछ। एमालेबाट मुख्यमन्त्री हिक्मत कार्की बनिसकेका छन्। उनले शुक्रबार प्रदेशसभाबाट विश्वासको मत लिदै छन्।