कांग्रेस वरिष्ठ नेता पौडेल र नेकपा एसका अध्यक्ष नेपालबीच भेटवार्ता

कांग्रेस वरिष्ठ नेता पौडेल र नेकपा एसका अध्यक्ष नेपालबीच भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

शनिबार अध्यक्ष नेपाललाई भेट्न वरिष्ठ नेता पौडेल एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगर पुग्नुभएको हो । करिब १ घण्टा भएको भेटवार्तामा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको अध्यक्ष नेपालको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत लिए लगत्तै राष्ट्रपति चुनावलाई लक्षित गरेर कांग्रेसका नेताहरुले राजनीतिक भेटघाटलाई तीव्रता दिएका छन् । राष्ट्रपतिको निर्वाचनलाई लक्षित गरेर नै प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएको कतिपय कांग्रेसका नेताहरुले सार्वजनिक रुपमै अभिव्यक्ति दिएका छन् ।

नेता पौडेलले एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग पनि प्रतिनिधि सभाको सभामुख र राष्ट्रपतिको निर्वाचनको विषयमा छलफल गरेको हुन सक्ने बुझिएको छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com