प्रचण्ड र ओलीबीच भेटवार्ता

प्रचण्ड र ओलीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

प्रचण्डलाई भेट्न ओली आज बिहानै बालुवाटारमा पुग्नुभएको थियो । उनीहरुबीच शक्ति बाँडफाँट र समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सत्ता साझेदार दलहरुले हिजो मात्रै राजनीतिक उच्चस्तरीय राजनीतिक संयन्त्र बनाएका छन्। त्यसको नेतृत्व ओलीलाई दिइएको छ । यन्त्रले आवश्यकताअनुसार सरकारलाई मार्गनिर्देशनसमेत गर्न सक्नेछ ।

सत्तारूढ दलले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा साझा न्यूनतम कार्यक्रमको मस्यौदा समिति पनि बनाएका छन् ।

समितिका सदस्यहरूमा माओवादीबाट वर्षमान पुन, राप्रपाबाट धवलशमशेर राणा र राष्ट्रिय स्वतन्त्र पार्टीबाट मुकुल ढकाल सदस्य छन्। जसपाले नाम टुंगो लगाउन बाँकी छ ।

गठबन्धन मन्त्रिपरिषद् विस्तार र शक्ति बाँडफाँटका मुद्दा थाती राखेर सरकार साझा न्यूनतम कार्यक्रम बनाउन जुटेको हो ।

सरकारको साझा न्यूनतम कार्यक्रम र संसद्बाट विश्वासको मत हासिलपछि मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्री प्रचण्डको योजना छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com