दुबइमा प्रधानमन्त्री दाहाल र भारतीय समकक्षी मोदीबीच भेटवार्ता

दुबइमा प्रधानमन्त्री दाहाल र भारतीय समकक्षी मोदीबीच भेटवार्ता

काठमाडौं । जलवायु सम्बन्धी संयुक्त राष्ट्रसंघको कोप २८ सम्मेलनमा सहभागी हुने क्रममा युएइको दुबइमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ ।

भेटवार्तामा भारतीय प्रधानमन्त्री मोदीले गत कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भुकम्पबाट पुगेको क्षति तथा भारतले गर्नुपर्ने सहयोगका बारेमा कुरा गरेको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

त्यसबखत दुई पक्षीय हितका बारेमा पनि छलफल भएको बताइएको छ । यसैगरी प्रधानमन्त्री प्रचण्ड र क्युबाका राष्ट्रपति मिगुइल मारियो डायज क्यानेली बीच पनि भेटवार्ता भएको छ । भेटवार्तामा दुइपक्षीय हितका बारेमा कुराकानी भएको थियो ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com