
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ। आज माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्ड र नेपाल समाजवादी पार्टीका अध्यक्ष भट्टराईबीच भेटवार्ता भएको हो।
भेटमा समसामयिक राजनीतिका विषयमा कुराकानी भएको छ। भेटका क्रममा बाबुराम नेतृत्वको नेपाल समाजवादी पार्टी र प्रचण्ड नेतृत्वको माओवादी केन्द्र एकताको प्रक्रियालाई अघि बढाउने विषयमा पनि छलफल भएको बताइएको छ।