
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ ।
ओली र भट्टराईबीच आज सोमवार ओली निवास बालकोटमा भेटवार्ता भएको हो । भेटमा समसामयिक राजनीति, नयाँ सत्ता गठबन्धन र सरकारको प्रभावकारिता लगायत विषयमा छलफल भएको छ ।
नेकपाले गएको मङ्सिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा नेकपा माओवादी केन्द्रको चुनाव चिह्न लिएर प्रतिस्पर्धा गरेको थियो ।