उपेन्द्र यादव र रामचन्द्र पौडेलबीच भेटवार्ता

उपेन्द्र यादव र रामचन्द्र पौडेलबीच भेटवार्ता

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच शुक्रबार भेटघाट भएको छ ।

जसपाको केन्द्रीय कार्यालयमा दुई नेताबीच करिव आधा घण्टा छलफल भएको थियो ।भेटमा नेता पौडेलले राष्ट्रपतिमा आफूलाई सहयोग गर्न अध्यक्ष यादवलाई अनुरोध गरेका थिए भने यादवले उपराष्ट्रपतिबारे चासो व्यक्त गरेका थिए ।

राष्ट्रपतिको निर्वाचन, विधान अधिवेशनको तयारी लगायतका एजेण्डाहरुमा छलफल गर्न जसपाले आइतबार कार्यकारिणी समितिको बैठक बोलाएको छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक:शर्मिला घिमिरे | सम्पादकः मधुसूदन बजगाईं | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com