गठबन्धन दलको बैठक बस्दै

गठबन्धन दलको बैठक बस्दै

काठमाडौँ । आज गठबन्धन दलहरूको बैठक बस्ने भएको छ । मन्त्रालय भागबन्डा मिलाउन आज दिउँसो गठबन्धनको बैठक बस्न लागेको हो । यद्यपि आज दिउँसो बैठक बस्ने भनिए पनि समय तय भइसकेको छैन ।

आज बस्ने बैठकबाट मन्त्रालय बाँडफाँड र सरकारमा जाने दलहरूको टुङ्गो लगाउने तयारी रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जनाएको छ । सरकारलाई विश्वासको मत दिएका सबै दललाई समेट्ने प्रधानमन्त्रीको तयारी र गृह तथा अर्थ लगायतका महत्त्वपूर्ण मन्त्रालयमा सहमति नजुट्दा मन्त्रिपरिषद् बिस्तार हुन ढिलाइ भइरहेको छ ।

शनिबार बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले आज र भोलि गठबन्धन दलसँग छलफल गरेर मन्त्रिपरिषद्लाई पूर्णता दिने निर्णय गरेको छ । प्रधानमन्त्री प्रचण्डले यसबीचमा गठबन्धनका केही घटकसँग मन्त्रिपरिषद् विस्तारबारे छलफल गरे पनि सहमति जुटिसकेको छैन ।

प्रधानमन्त्रीले गठबन्धन बैठक राखेर मन्त्रालय बाँडफाँडको प्रस्ताव गर्ने तयारी गरेका छन् ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com