गृहको सभाकक्षमा इमर्जेन्सी इक्जिट तत्काल निर्माण गर्न मन्त्री लामिछानेको निर्देशन

गृहको सभाकक्षमा इमर्जेन्सी इक्जिट तत्काल निर्माण गर्न मन्त्री लामिछानेको निर्देशन

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले गृह मन्त्रालयको सभाकक्षमा आपतकालीन द्वार (इमर्जेन्सी इक्जिट)तत्काल निर्माण गर्न निर्देशन दिनुभएको छ ।

सोमवार गृह मन्त्रालयको बसेको २५ औं भूकम्प सुरक्षा दिवस मुल समारोह समितिको बैठकमा बोल्दै उहाँले भूकम्पीय जोखिम न्युनिकरण आफैँबाट शुरुवात गर्नुपर्ने भन्दै सो निर्देशन दिनुभएको हो ।

उपप्रधानमन्त्री लामिछानेले भूकम्पीय जोखिम न्युनिकरणका लागि भवन निर्माणसम्बन्धि मापदण्ड पालना गराउने कार्यमा कडाई गर्न पनि स्थानीय निकायहरुलाई आग्रह गर्नु भयो ।

भवन निर्माणसम्बन्धि मापदण्डको पूर्ण पालना गराउनसके भूकम्पीय जोखिम न्युनिकरणका लागि धेरै ठूलो योगदान पु¥याउन सकिने उहाँको भनाई थियो ।

उपप्रधानमन्त्री लामिछानेले भूकम्पीय जोखिम न्युनिकरणका लागि विद्यालय, कलेज, पाटी प्यालेस, सभाहलहरुको निर्माणमा ध्यान दिन पनि सचेत गराउनु भयो ।

लामिछानेले भूकम्पीय जोखिम न्युनिकरणको कामलाई प्रभावकारी बनाउन सूचना र प्रविधिको प्रयोगलाई बढावा दिनुपर्ने आवश्यक्ता समेत औंल्याउनु भयो ।

बैठकमा बोल्दै ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले भूकम्पीय जोखिम न्युनिकरणका लागि सबै स्थानीय तहले भवन निर्माण आचारसंहिता लागू गर्नुपर्ने बताउनु भयो ।

उहाँले ललितपुर महानगरपालिकाले सो आचारसंहीताको पालनामा कडाई गरेका कारण २०७२ सालको भूकम्पमा अन्य ठाउँमा भन्दा कम धनजनको क्षति भएको दृष्टान्त समेत प्रश्तुत गर्नुभयो।

मेयर महर्जनले नागरिकले विपद् हुनुअघि नै सूचना पाउनुपर्ने हक संविधानमै व्यवस्था भएकाले त्यसको पनि आवश्यक व्यवस्था मिलाउन सम्बन्धित पक्षले ध्यान दिनुपर्ने स्मरण गराउनु भयो ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com