रामबहादुर बम्जनको घरमा भेटिएको पैसाको चाङ

रामबहादुर बम्जनको घरमा भेटिएको पैसाको चाङ

काठमाडौँ । प्रहरीले काठमाण्डुको बुढानीलकण्ठबाट पक्राउ परेका रामबहादुर बम्जनको घरबाट ३ करोड ३४ लाख रुपैयाँ बरामद गरेको छ । उनको घरबाट ३ करोड ३ लाख ७५ हजार ५ सय नेपाली रुपैयाँ र विभिन्न १७ देशका ३० लाख ९२ हजार ४०६ रुपैयाँ बराबरको विदेशी मुद्रा बरामद भएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जानकारी दिएको छ ।

यो पैसामाथि अनुसन्धान भइरहेको सीआईबीले जानकारी दिएको छ ।सर्लाहीकी एक अनुयायीमाथि बाल यौन दूराचार गरेको आरोप लागेपछि जिल्ला अदालत सर्लाहीले उनीविरुद्ध २०७६ सालमा पक्राउ पुर्जी जारी गरेको थियो ।

तर प्रहरीले उनलाई पक्राउ गर्न सकेको थिएन । मंगलबार सीआईबीले उनी बसेको बुढानीलकण्ठस्थित घरमा छापा मारेको थियो । त्यस क्रममा उनी २ तला माथिबाट हामफालेर भाग्ने प्रयास गरे पनि सफल हुन सकेको थिएन । सीआईबीले बम्जनलाई जिल्ला अदालत सर्लाहीमा उपस्थित गराउने तयारी गरेको छ ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com