कर्णाली प्रदेशकाे सभामुखमा नन्दा गुरुङ विजयी

कर्णाली प्रदेशकाे सभामुखमा नन्दा गुरुङ विजयी
सामाजिक सञ्जाल

काठमाडौं । कर्णाली प्रदेशको सभामुखमा नेकपा एमालेकी सांसद नन्दा गुरुङ विजयी हुनुभएको छ ।

आज आइतवार भएको मतदानमा गुरुङले २४ मत प्राप्त गर्नुभयो भने उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका खड्गबहादुर पोखरेलले १४ मत प्राप्त गर्नुभएको प्रदेश सभा सचिवालयले जनाएको छ । एमालेकी गुरुङलाई एमालेको १०, नेकपा माओवादी केन्द्रको १३ र राप्रपाको एक मत प्राप्त भएको छ ।

४० सदस्यीय प्रदेश सभामा ३८ जनाले मतदानमा भाग लिएका थिए । सुर्खेतकी गुरुङ समानुपातिक कोटाबाट सांसद बन्नुभएको हो । सत्तारूढ गठबन्धनको केन्द्रीय समीकरणले कर्णालीमा मुख्यमन्त्री माओवादी केन्द्र र सभामुख एमालेलाई भाग लगाएको थियो ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com