
काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा दलको नेतामा नारायणकाजी श्रेष्ठलाई चयन गरेको छ ।
बिहीबार बसेको संसदीय दलको बैठकले श्रेष्ठलाई दलको नेतामा चयन गरेको सांसद सांसद सुदन किरातीले जानकारी दिनुभयो ।
माओवादी केन्द्रबाट यसअघि राष्ट्रियसभा दलको नेतामा दीनानाथ शर्मा हुनुहुन्थ्यो । तर, उहाँको कार्यकाल सकिएपनि सो पार्टीले दलको नेता चयन गरेको थिएन ।