राष्ट्रिय सभाबाट सरकारको नीति तथा कार्यक्रम पारित

राष्ट्रिय सभाबाट सरकारको नीति तथा कार्यक्रम पारित

काठमाडौं । राष्ट्रिय सभाले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ ।  गत शुक्रबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल सरकारको आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । उक्त नीति तथा कार्यक्रममाथि आइतबार, सोमबार र मंगलबारको छलफलपछि राष्ट्रिय सभाले बहुमतले पारित गरेको हो । 

मंगलबार बसेको राष्ट्रिय सभा बैठकमा नीति तथा कार्यक्रममाथि सदस्यहरुले उठाएका प्रश्न र जिज्ञासाको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिएका थिए । प्रधानमन्त्री प्रचण्डले जवाफ दिएपछि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई बैठकमा सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले निर्णयार्थ प्रस्तुत गरेका थिए । बैठकले उक्त नीति तथा कार्यक्रमलाई बहुमतले पारित गरेको सभा अध्यक्ष तिमिल्सिनाले घोषणा गरे । 

यसअघि सोही बैठकले उक्त नीति तथा कार्यक्रममाथि हालेको तीनवटा संशोधन प्रस्तावलाई अस्वीकृत गरेको थियो । राष्ट्रिय सभाको अर्को बैठक जेठ १४ गते १ बजेर १ मिनेटमा बस्नेछ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com