राष्ट्रिय सभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिंदै

राष्ट्रिय सभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिंदै

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन आयोगले आज निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्दैछ । सातवटै प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापनासँगै निर्वाचन अधिकृतको नियुक्ति गर्न लागिएको हो ।

पुस २० देखि २८ गतेसम्म निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन कार्यक्रम सञ्चालन हुने र माघ ११ गते विहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म मतदान हुने निर्वाचन कार्यक्रम रहेको छ । निर्वाचनमा भाग लिने प्रयोजनका लागि यसअघि नै आयोगमा दल दर्ता भइसकेका छन ।

आयोगले ७ वटा प्रदेशका २-२ ठाउँमा गरी १४ ठाउँमा मतदान केन्द्र तोकिसकेको छ । १९ जनाको निर्वाचनका लागि ५४९ जना प्रदेश सभा सदस्य र १ हजार ४ सय ९८ जना स्थानीय तहका प्रमुख तथा उपप्रमुख एवम अध्यक्ष तथा उपाध्यक्ष मतदाता रहने पनि आयोगले जनाएको छ ।

निर्वाचन नजिकिएसँगै आयोगमा दर्ता भएका राजनीतिक दलहरुले उम्मेदवारको छनोट गर्ने तयारी गरिरहेका छन । राष्ट्रिय सभामा रिक्त रहने २० सदस्यमध्ये १९ जनाको निर्वाचनबाट र एक जनाको मनोनयनबाट पदपुर्ति हुने पनि आयोगले जानकारी दिएको छ ।

Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com