राष्ट्रिय सभा निर्वाचन : मनोनयन गरेका ५२ मध्ये एक जनाको उम्मेद्‌वारी फिर्ता

राष्ट्रिय सभा निर्वाचन : मनोनयन गरेका ५२ मध्ये एक जनाको उम्मेद्‌वारी फिर्ता

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभाका १९ सदस्य चयनका लागि मनोनयन गरेका ५२ मध्ये एकजनाले नाम फिर्ता लिएका छन् ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले लुम्बिनी प्रदेशबाट राप्रपाका अन्य तर्फका उम्मेदवार निरञ्जनकुमार थापाले नाम फिर्ता लिएको जानकारी दिए । आयोगले शुक्रबार दिउँसो १ बजेसम्मका लाग नाम फिर्ता लिने समय तोकेको थियो ।

यसैबीच, निर्वाचन आयोगले भोलि (शनिबार) १० बजेदेखि दिउँसो ३ बजेसम्म राष्ट्रिय सभा निर्वाचनमा भाग लिएका आठ दलका ५१ जना उम्मेदवारलाई चुनाव चिह्‍न वितरण गर्ने समय तोकिएको प्रवक्ता पौडेलले जानकारी दिए ।

आगामी माघ ११ गते राष्ट्रिय सभाका १९ जना सदस्यको निर्वाचन हुँदै छ । उनीहरुको कार्यकाल भने फागुन २१ गते सुरुबाट सुरु हुनेछ । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनासहित १९ जना सदस्यको कार्यकाल फागुन २० गते सकिँदै छ ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com