राष्ट्रियसभा निर्वाचनः उम्मेदवारको अन्तिम नामावली आज प्रकाशन हुँदै

राष्ट्रियसभा निर्वाचनः उम्मेदवारको अन्तिम नामावली आज प्रकाशन हुँदै

काठमाडौं । राष्ट्रियसभा सदस्यका लागि मनोनयन दर्ता गराएका उम्मेदवारको अन्तिम नामावली आज प्रकाशित हुँदैछ । उम्मेदवारहरुले चाहेमा आज नाम फिर्ता लिन सक्ने निर्वाचन आयोगले जनाएको छ ।

मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गरी राष्ट्रिय सभाका उम्मेदवारहरुको नामावली हिजो सार्वजनिक गरिएको थियो । मनोनयनपत्र दर्ता गराएका सबै जनाको उम्मेदवारी कायम भएको छ ।

सात वटा प्रदेशस्थित निर्वाचन अधिकृतको कार्यालयले हिजो उम्मेदवारको नामावली प्रकाशन गरेका हुन् । निर्वाचन आयोगका अनुसार राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका ५२ जनाकै उम्मेदवारी कायम भएको छ ।

राष्ट्रिय सभा सदस्य निर्वाचनको लागि मनोनयन दर्ता गरेका दुइ जना उम्मेदवार बिरुद्ध उजुरी परेको थियो । तर ति उजुरीका सम्बन्धमा कुनै कार्वाही गर्नु नपर्ने निर्णय सम्बन्धित निर्वाचन अधिकृतका कार्यालयले गरेका छन् ।

निर्वाचन अधिकृतको कार्यालयले प्राप्त उजुरीमाथी छानविन गरी कार्वाही गर्नु नपर्ने निर्णय गरेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

राष्ट्रिय सभाका १९ सिटका लागि गत सोमबार सात प्रदेशमा ५२ जनाले उम्मेदवारी दर्ता गराएका थिए । उम्मेदवारलाई निर्वाचन चिन्ह भने भोलि प्रदान गरिनेछ । राष्ट्रिय सभा निर्वाचन माघ ११ गते हुँदैछ ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com