कांग्रेसको उम्मेदवारमा राष्ट्रिय सहमति: नेता कोइराला

कांग्रेसको उम्मेदवारमा राष्ट्रिय सहमति: नेता कोइराला

सिन्धुली । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राष्ट्रपतिको निर्वाचनमा कांग्रेसले उठाउने उम्मेदवारको पक्षमा मात्र राष्ट्रिय सहमति हुने बताउनुभएको छ ।

सिन्धुलीको सदरमुकाम सिन्धुली माडीमा मंगलबार बिहान नेपाल प्रेस युनियन सिन्धुलीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बाेल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । राष्ट्रपतिको उम्मेदवार राजनीतिक दल भन्दा बाहिरका राष्ट्रिय व्यक्तित्वलाई कांग्रेसले अघि सार्नुपर्ने नेता कोइरालाले जोड दिनुभयो ।

तर पछिल्लाे समयमा कांग्रेसका नेता कृष्णप्रसाद सिटाैला, रामचन्द्र पाैडेल र पार्टी सभापति शेरबहादुर देउवाकाे समेत राष्ट्रपतिकाे उम्मेदवार बन्ने चर्चा चलिरहेकाे छ । यहि फागुन २५ गते राष्ट्रपतिकाे निर्वाचन हुने भएकाे छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक:शर्मिला घिमिरे | सम्पादकः मधुसूदन बजगाईं | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com