उपराष्ट्रपति निर्वाचन : यादवलाई मत दिने काँग्रेसको निर्णय

उपराष्ट्रपति निर्वाचन : यादवलाई मत दिने काँग्रेसको निर्णय

काठमाडौँ । नेपाली काँग्रेसले उपराष्ट्रपति निर्वाचनमा रामसहायप्रसाद यादवलाई समर्थन गर्ने निर्णय गरेको छ । बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले जनता समाजवादी पार्टी, नेपालबाट उम्मेदवार यादवलाई मत दिने निर्णय गरेको हो ।

बैठकले नेपालको संविधानको धारा ६७, धारा ६९ र धारा ७० बमोजिम सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको उपराष्ट्रपति पदको निर्वाचनमा गठबन्धन दलहरूका तर्फबाट साझा उम्मेदवार रहेका यादवलाई समर्थन गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । उनले संघीय संसद्का सदस्य एवं प्रदेश सभाका सदस्यहरूलाई उपराष्ट्रपति पदका उम्मेदवार यादवको पक्षमा समर्थन गर्न निर्देशन दिने बताए ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक:शर्मिला घिमिरे | सम्पादकः मधुसूदन बजगाईं | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com