कांग्रेस पदाधिकारी बैठकमा मन्त्रिपरिषद् विस्तारबारे छलफल

कांग्रेस पदाधिकारी बैठकमा मन्त्रिपरिषद् विस्तारबारे छलफल

काठमाडौं । सत्ता साझेदार कांग्रेसको पदाधिकारी बैठकमा मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको छ । शनिबार कांग्रेस पदाधिकारी बैठक सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको थियो । 

संसदमा पेस भएको सत्य निरुपण विधेयक अगाडि बढाएर टुंगोमा पुग्नेबारे छलफल भएको पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले बताए । प्रमुख सचेतक रमेश लेखकले संसदमा पेस भएका विधेयकबारे बैठकमा जानकारी गराएका थिए ।  बैठकमा उपसभापति पूर्णबहादुर खड्काले १० पुस पश्चात् अहिलेसम्मको राजनीतिक घटनाक्रम ब्रिफ गरेका थिए ।

८ मन्त्रालयमा काँग्रेसको दाबी

नेपाली काँग्रेसले आठ मन्त्रालयमा दाबी गरेको छ । काँग्रेसले सात मन्त्रालय पाउने पक्का जस्तै भएको उपसभापति पूर्णबहादुर खड्काले जानकारी दिए । सत्तारुढ दलहरू सात मन्त्रालय दिनका लागि तयार भए पनि काँग्रेसले आठ मन्त्रालय दाबी गरेको उपसभापति खड्काले बताए ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com