विपिन जोशीको शीघ्र रिहाइका लागि नेपालद्वारा अन्तर्राष्ट्रिय समुदायलाई पुनः अपिल

विपिन जोशीको शीघ्र रिहाइका लागि नेपालद्वारा अन्तर्राष्ट्रिय समुदायलाई पुनः अपिल
Published on
Updated on

काठमाडौं । नेपाल सरकारले नेपाली नागरिक विपिन जोशीको शीघ्र रिहाइको माग गर्दै अन्तर्राष्ट्रिय सहयोगका लागि पुनः अपिल गरेको छ ।

सरकारका तर्फबाट वक्तव्य जारी गर्दै परराष्ट्र मन्त्रालयले गाजामा बन्दीको रिहाइ र मानवीय सहायता सामग्री आपूर्तिका लागि मार्गप्रशस्त गर्न हमास र इजरायलबिच तत्काल युद्धविराम गर्न भएको समझदारीको स्वागत पनि गरेको छ ।

कतार, अमेरिका र इजिप्टको कूटनीतिक प्रयासमा भएको सहमतिको नेपालले सराहना गरेको छ । कतारका अनुसार इजरायल र हमासबीचको युद्धविराम आजदेखि सुरु हुँदैछ ।

चार दिनको युद्धविराममा हमासले ५० जना बन्धकलाई रिहाई गर्ने सहमति भएको छ । त्यसवापत् इजरायलले आफ्नो जेलमा रहेका १५० जना प्यालेस्टेनीलाई रिहा गर्नेछ । कतारको विदेश मन्त्रालयका अनुसार रिहाइ हुनेमा महिला र बालबालिकालाई पहिलो प्राथमिकता दिइएको छ ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com