
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कला र संस्कृति अमर रहने बताउनुभएको छ ।
शनिवार भक्तपुरमा आयोजित चौथो एपिक नेपाल म्युजिक अवार्ड कलाकारहरुलाई प्रदान गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाली कला र संस्कृतिको संरक्षणमा हरेक नेपालीहरु लागेकाले कला र संस्कृति नमर्ने बताउनु भयो ।
उहाँले नेपाली संस्कार र संस्कृतिहरु कलाको माध्यमबाट पनि अहिलेसम्म जीवित रहेको भन्दै खुशी व्यक्त गर्नुभयो । उहाँले नेपाली कला र संस्कृतिलाई मन पराउने नेपालीहरु धेरै रहेकाले अहिले पनि नेपाली कला र संस्कृतिको महत्व अपार रहेको बताउनु भयो ।
अध्यक्ष ओलीले कला, संस्कृतिलाई जीवन्त ढंगले जनतासँग, जनताको मनसँग जोडेर संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्ने कार्यमा कलाकारहरु लागेको भन्दै खुशी व्यक्त गर्नुभयो ।
अध्यक्ष ओलीले कलाकारहरुलाई सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा धिमे बजाउनुभएको थियो । उहाँले आफूले माटोका भाँडा बनाएर प्रजापती र धिमे बजाएर धिमेखलवालाको अनुभव बटुलेको पनि बताउनु भयो ।