एबीसीडी नचिन्दा साउदीमा नेपाली श्रमिकले कुटाइ खाए: श्रम मन्त्रालय

एबीसीडी नचिन्दा साउदीमा नेपाली श्रमिकले कुटाइ खाए: श्रम मन्त्रालय

काठमाडौं । साउदीमा अङ्ग्रेजी नजान्दा नेपाली श्रमिकले कुटाइ खाएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले जानकारी दिएका छन ।

संसद्को उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन । उनले एबीसीडी नजान्दा साउदीमा नेपाली श्रमिकहरूले कुटाई खाएको जानकारी दिएका छन् ।

शिक्षाको कमीका कारण नेपाली श्रमिकले वैदेशिक रोजगारीका क्रममा विभिन्न समस्या भोग्नुपरेको उनले बताएका छन । उनले भने, ‘केही समय अगाडि साउदीमा एबीसीडी नचिन्दा नेपाली कामदारले कुटाई खाए ।

पछि बुझ्दा गोदाममा काम गर्ने क्रममा अङ्ग्रेजीमा एबीसीडी लेखेको ठाउँमा त्यही आधारमा सामान राख्न नसकेपछि कुटाइ खाएका रहेछन् ।’ उनले त्यसैले सामान्य अङ्ग्रेजी सिक्न आवश्यक रहेको बताएका छन ।

समितिका सदस्यहरूले वैदेशिक रोजगारीमा जाने कामदारलाई अङ्ग्रेजी भाषा अनिवार्य गर्न लागिएको भन्दै श्रम मन्त्रालयको ध्यानाकर्षण गराएका थिए । त्यसको जवाफमा सचिव भण्डारीले शिक्षाको अभावमा नेपाली श्रमिकहरूले दुःख पाउने अवस्था आएपछि यस्तो गर्न लागिएको बताएका छन ।

Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com