
काठमाडौँ । प्रतिनिधिसभामा नवनिर्वाचित सदस्यहरुले शपथ ग्रहण गरेका छन् ।
उहाँहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो ।
उहाँहरुलाई ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले संसद् भवनमा शपथ ग्रहण गराएका हुन् ।
नेपालको संविधानको धारा ८८ बमोजिम संघीय संसद्को प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलोपटक भाग लिनुअघि सङ्घीय कानुनबमोजिम शपथ लिनुपर्ने व्यवस्था छ ।