रास्वपाको सचेतकमा निशा डाँगी

रास्वपाको सचेतकमा निशा डाँगी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसद निशा डाँगीलाई सचेतक बनाएको छ । आज बसेको संसदीय दलको बैठकले डाँगीलाई सचेतक चयन गरेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए । उनी समानुपातिक सांसद हुन् । त्यस्तै, बैठकले पार्टी सभापति रवि लामिछानेलाई संसदीय दलको नेता चयन गरेको छ ।

रास्वपा संसदीय दलको नेतामा रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको नेतामा सभापति रवि लामिछानेलाई चयन गर्ने निर्णय गरेको छ । रास्वपाको आज (सोमबार) बसेको केन्द्रीय कमिटी बैठकले लामिछानेलाई संसदीय दलको नेतामा चयन गर्ने निर्णय गरेको हो ।

पार्टी प्रवक्ता डा.मुकुल ढकालका अनुसार संसदीय दलको नेता लामिछाने चयन गर्ने निर्णय भएसँगै संसदीय दलले अनुमोदन गर्नेछ । नागरिकता विवादमा रविको संसद पद गुमेपछि उनले संसदीय दलको नेताबाट राजीनामा दिएका थिए । त्यसपछि डोलप्रसाद अर्याललाई संसदीय दलको नेतामा चयन गरिएको थियो ।

रास्वपाले गर्‍यो ३६ विभाग गठन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ३६ विभागहरू गठन गरेको छ । रास्वपाको सोमबार बसेको बैठकले विभाग गठन र हाल भएका विभागलाई अद्यावधिक गर्ने निर्णय गरेको हो ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक:शर्मिला घिमिरे | सम्पादकः मधुसूदन बजगाईं | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com